IME Life New

नबिल सेक्युरिटिजले डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल सेक्युरिटिज लिमिटेड कम्पनीले विशेष साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यहि जेठ १२ गते नबिल बैंकको केन्द्रिय कार्यालय तिनधारमा विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले नबिल सेक्युरिटज लिमिटेडले एन.बि.बि.एल सैक्यरिटिज लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा संयुक्त मर्जर एक्विजिसन समितिद्धारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता बीआरएस नेउपाने एण्ड कम्पनी चार्टर अकाउन्टेनको नियुक्ति तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, प्रारम्भिक सम्झौतापत्र तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने गाभिने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरुलाई अनुमोदन गर्नेछ । साथै, नबिल सेक्युरिटिज लिमिटेडले एनबिबिएल सेक्युरिटिज लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि नियुक्त मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यङ्का प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा सञ्चालक समितिबाट अनुमोदित शेयर आदान प्रदान अनुपात १ः१ को आधारमा कम्पनीले एनबिबिएल सेक्युरिटिज लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रममदान गर्नेछ ।

Esewa
Crest

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न प्रावधानहरुमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS