IME Life New

एलआईसी नेपालको नाफा करिब १४ गुणाले बढ्यो, जीवन बीमा कोष १ खर्ब माथि ? (रिपोर्ट सहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले १२ अर्ब ९४ करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १३ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा कुल बीमा शुल्क आर्जन करीब साढे ५ प्रतिशतले घटेको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले ८ करोड ३७ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा ६० लाख थियो । नाफा १२९४ प्रतिशतले वृद्धि भएको छ ।

Crest

२ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६९ करोड ०९ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम २ दशमलव ५४ प्रतिशतले कम भएको छ । जीवन बीमा कोष १५ दशमलव ७६ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ४ अर्ब पुगेको छ। एक वर्ष अघि जीवन बीमा कोषमा ९० अर्ब ३० करोड थियो ।

कम्पनीको कुल दावी भुक्तानी १ दशमलव ६६ प्रतिशतले कम  हुँदै ६ अर्ब ५५ करोड पुगेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रति शेयर नेट्वर्थ १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS