IME Life New

हिमालयन लाइफले रच्यो संसारकै सबैभन्दा ठुलो मर्जरको इतिहास, सफल बनाउने प्राधिकरणको प्रतिवद्धता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संसारमै पहिलो पटक सबैभन्दा ठुलो मर्जरको इतिहास बनाउन सफल भएको छ । संसारमै जीवन बीमाको मर्जर विरलै हुन्छ । बीमाङ्कीय मूल्याङ्कनका कारण जीवन बीमाको मर्जर जटिल मानिन्छ ।

तीन जीवन बीमा कम्पनीले सफल मर्जर नेपाल बीमा प्राधिकरणका लागि खुसीको दिन भएको अध्यक्ष सिलवालले बताए । उनले भने ‘संसारमै जीवन बीमाको यति ठुलो मर्जर विरलै हुन्छ । मर्जरका लागि धेरै मिहिनेत गर्नु पर्छ । अन्तत सफलताको कथा सुरुवात गरेका छौ ।’

Crest

मर्जर पछि के गर्ने भन्ने कुरामा सबै जना स्पष्ट हुनु पर्ने सिलवालको भनाइ रहेको छ । उनले भने ‘तपाईको सफलता सँग हाम्रो सफलता जोडिएको छ । अव हामी तपाईहरुलाई नजिकबाट नियाल्छौ ।’ बीमा प्राधिकरणले अन्य मर्जरलाई भन्दा यस मर्जरलाई विशेष चासोका साथ हेर्ने उनले जानकारी दिए । संसारकै पहिलो ठुलो मर्जर भन्दै गर्दा यसलाई सफल बनाउनु पर्ने बाध्यता रहेको भन्दै अध्यक्ष सिलवालले सबैको सहकार्यमा सिनर्जी ल्याउनु पर्ने बताएका छन् ।

बीमा प्राधिकरणले मर्जरका लागि जान कसैलाई पनि नभनेको तर कम्पनीहरुले पूँजी जुटाउन मर्जरको नीति लिएकाले प्राधिकरणलाई धेरै सजिलो भएको उनले बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बीमा प्राधिकरणले लिएको मर्जरको नीति स्वागत योग्य रहेको भन्दै प्रशंशा गरेका छन् । प्राधिकरणको नीतिले सूचिकृत कम्पनीको संख्या कम भएकाले धितोपत्र बोर्डलाई नियमन गर्न सजिलो भएको उनले बताए ।

मर्जरमा जादै गर्दा कम्पनीको क्षमता बढ्ने हुँदा यसको लाभ धेरै भन्दा धेरै मानिसहरुले प्राप्त गर्न सक्नु पर्ने उनको धारणा रहेको छ । मर्जर हुँदै गर्दा उत्पादनको लागत घट्ने र लगानीकर्ताको प्रतिफलमा पनि बृद्धि हुने हुँदा हामी सबैलाई फाइदा भएको महशुस हुनु पर्ने उनको विश्लेषण छ । मर्जर पछि कम्पनीको क्षमता बढ्नुका साथै प्रतिस्पर्धा गर्न सक्ने क्षमता पनि बढ्ने भएकाले उत्पादकत्व बृद्धि हुने हमालको तर्क छ । उनले भने ‘खामलाई तन्काउन खोजियो भने च्यातिन्छ त्यसैले खामकै आकार बढाउनु पर्छ । यसका लागि सबैभन्दा पहिला अर्थतन्त्रको आकार बढाउन सक्नु पर्छ ।’

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले तीन कम्पनी मर्जर हुनु आर्थिक रुपमा सुखद रहेको बताए । उनि साविक युनियन लाइफको पनि सञ्चालक हुन् । बीमा क्षेत्र आफैमा जोखिम लिने क्षेत्र भएको हुँदा आफै पनि आर्थिक रुपमा क्षमता वान हुनु पर्ने उनको भनाइ रहेको छ ।

बैंक वित्तीय संस्थालाई अर्थतन्त्रको मेरुदण्डको रुपमा मानिन्छ तर बैंक वित्तीय संस्थालाई नै सुरक्षा प्रदान गर्ने बीमा क्षेत्र पनि सबल भएमा समग्र अर्थतन्त्रै सबल हुने गोल्छाको भनाइ रहेको छ । त्यसैले बीमा क्षेत्रलाई नीतिगत रुपमा सुधार गरिनु पर्ने उनको सुझाव छ । बीमाको दायरा बढाउन नियामक निकायले उचित भुमिका खेल्नु पर्ने गोल्छाले बताए ।

जीवन बीमाको मर्जर आफैमा चुनौपुर्ण रहेको तर चुनौतीलाई अवसरका रुपमा लिएर काम अगाडी बढाउदा मर्जर गर्न सफल भएको साविक गुराँस लाइफका अध्यक्ष विवेक दुगरले जानकारी दिए । तीन वटाको मर्जर इतिहासकै स्मरणीय रहने भन्दै उनले बीमाको इतिहासमा कोशेढुङ्गा सावित भएको दाबी गरे ।

तीन वटाको मर्जर आफैमा साहसिक र दुरगामी निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिए । उनले तीन वटाको मर्जर सवल र सक्षम बन्ने देखिएको बताए । मर्जर पश्चात साविक बीमा कम्पनीहरुबाट सञ्चालनमा रहेका बीमा पोलिसी मध्ये २५ वटा पोलिसी सक्रिय रहने कर्णले जानकारी दिए । जीवन बीमा क्षेत्रमा हिमालयन लाइफ अग्रणी कम्पनीको रुपमा स्थापित हुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । कम्पनीका सञ्चालक सौरभ दुगरले बीमा कम्पनीहरु विचको तिव्र प्रतिपर्धालाई ध्यानमा राखै मर्जरको बाटो अवलम्बन गरेको बताएका छन् । सबै जनाले इमान्दारिताका साथ काम गर्दा मर्जर सफल भएको उनको भनाइ छ । आगामी दिनमा कम्पनीले शेयरधनीहरुलाई उचित प्रतिफल दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा प्राधिकरणका अध्यक्ष सिलवालले अवका दिनमा राज्यले मौद्रिक नीति र वित्तीय नीतिलाई मात्रै प्राथमकिता दियो भने अर्थतन्त्र माथि नजाने आरोप लगाएका छन् । सरकारले सबै जोखिम लिन्छु भन्ने भन्दा पनि बीमाको माध्यम मार्फत जोखिम हस्तान्तरण गर्ने नीति अख्तियार गर्नु पर्ने उनको धारणा रहेको छ ।

नेपालमा बीमाको पहुँच यति तहसम्म आइपुग्नुमा सरकारले बाध्यात्मक बनाएका कतिपय पोलिसीले गर्दा नै भएको भन्दै उनले अझै पनि सरकारले बीमालाई प्राथमिकताका साथ सोच्नु पर्ने बताएका छन् । मर्जर पछि युनियन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड पुग्दै गर्दा जनताले यसबाट के पाउने ? उनले प्रश्न गरे । यसका लागि बीमा कम्पनीले अनुसन्धान गर्नु पर्ने उनको धारणा रहेको छ । कम्पनीको क्षमता बढेको भन्दै अध्यक्ष सिलवालले नयाँ नयाँ पोलिसीको विषयमा अध्ययन गर्न सुरु गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

45%

अचम्मित

5%

उत्साहित

10%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS