काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरपछिको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
आज कम्पनकिो अन्तिम कारोबारको शेयर मूल्य १८९ रुपैयाँको आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्काशनपछिको मुल्य १५१ रुपैयाँ १४ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा कम्पनीको कारोबार खुल्नेछ ।
कम्पनीले हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गर्न लागेको हो ।