Connect IPS
IME Life

कर्जाको व्याजदर घट्ने संकेत सँगै शेयर बजारमा सुधार, १०.६६ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी जेठ मसान्तबाट बैंक वित्तीय संस्थाले कर्जाको व्याजदर पनि घटाउने संकेत देखिए सँगै दोस्रो बजारमा सुधार देखिएको छ । बैंकर्स संघले बैशाख एक गतेदेखि निक्षेपको व्याजदर एकल अंकमा झारेका थिए । निक्षेपको व्याजदर घटे पनि तत्काल आधार व्याजदर नघट्ने भएकाले बैशाखमै कर्जाको व्याजदर घटाउन सम्भव थिएन ।

त्यसैले आगामी जेठ एक गत कर्जाको व्याजदर १ प्रतिशत हाराहारीमा घट्न सक्ने आकलन गरिएको छ । चैत महिनामा घटाइएको निक्षेपको व्याजदरको प्रभाव आगामी साउन भदौदेखि मात्रै देखिने गरि पर्नेछ । तर बैंकहरुले खासै प्रवाह गर्न सकेका छैनन् ।

Prabhu
Crest

नयाँ कर्जा खासै प्रवाह नहुँदा बैंकिङ प्रणालीम प्रयाप्त तरलता रहेको छ । तर बैंकहरु अलिकति मात्रै कर्जा प्रवाहमा आक्रामक भए भने पुनः तरलता अभाव हुने अवस्था रहेको छ । तर अवको केहि समय बैंकको व्याजदर तलै झर्ने संकेत देखिएको छ ।

मंगलबा शेयर बजार खुल्ने वित्तीकै सुधार देखिएको थियो । यसै क्रममा १८५६ अंकसम्म पुग्यो । तर बजार माथिल्लो विन्दुमा टिक सकेन । पुन माथिल्लो विन्दुबाट विस्तारै तल झर्ने क्रममा १८४४ अंकमा झर्यो । यसै क्रममा नेप्से सूचक १०.६६ अंकले सुधार भएर बन्द भएको छ । सूचकमा सुधार देखिए पनि कारोबार रकम ७७ करोड ३६ लाख रुपैयाँमा सिमित भएको छ । आज १६० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ५१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।

सर्वाधिक धेरै सामलिङ पावरको शेयर मूल्यमा सुधार देखिएको छ भने सर्वाधिक धेरै कारोबार हिमाल दोलखाको ६ करोड ९६ लाख रुपैयाँको भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS