IME Life New

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले डाक्यो नवौं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ । बैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार यहि जेठ १९ गतेका दिन आफ्नै कार्यालय भवनमा वार्षिक साधारण सभा गर्ने भएको हो ।

उक्त सभामा आर्थिक वर्ष २०७९/०७९ को सञ्चालक समितिको प्रतिवदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको असार ३२, २०७९ को वासलात छलफल गरि पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणमाथि छलफल गरि स्वीकृत गर्ने जनाएको छ । साथै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आगामी आ.व.२०७९ /०८० को आय व्ययको लेखापरिक्षणका लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने छ ।

Esewa
Crest

साथै, प्राप्ती तथा समन्वय सम्बन्धमा आवश्यक छलफल गर्ने, पुँजी वृद्धिका लागि पुँजी बजारमा रहेका साना साना इन्भेष्टमेन्ट कम्पनीलाई खरिद गर्ने, मर्जर र प्राप्तीको लागि खुल्ला रहने आवश्यक समिति निर्माण गर्ने, मर्जर र पप्ती वा पूँजी वृद्धिका लागि आवश्यक नियमावली तथा प्रबन्ध पत्र शंसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धको प्रस्ताव लगाएतका प्रस्तावहरु स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS