काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ६ जना सञ्चालक निविरोध चयन गरेको छ । कम्पनीको एघारौं, बाह्रौं र तेह्रौं वार्षिक साधारणसभाले संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक चयन गरेको हो ।
कम्पनीले संस्थापक समुहबाट डा. आत्माराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । सर्वसाधारण समुहबाट भने लोचन कोइरालालार्य सञ्चालकको रुपमा निर्वाचित गरेका छन् । यसका साथै कम्पनीले स्वतन्त्र सञ्चालक तर्फ भने अनुज्ञा सापकोटालाई चयन गरेको हो ।
बैशाख २५ गते बसेकोसञ्चालक समितिको बैठकले सञ्चालकमा चयन भएका डा.आत्माराम घिमिरेलाई संचालक समितिको कार्यकारी अध्यक्षमा चयन गरेको कम्पनीले जनाएको छ ।