IME Life New

मोदी इनर्जीले डाक्यो ५औं वार्षिक साधारण सभा, यस्ता छन् पाँच एजेण्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मोदी इनर्जी लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा जेठ १६ गते गर्ने भएको छ । कम्पनीको बैशाख २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा डिल्लीबजार स्थित आफ्नै कार्यालयमा आयोजना गर्ने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

Crest

सभाले लेखा परीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९ /८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले कम्पनीको नियमावलीको नियम २७ (३) संशोधन गर्ने , कम्पनीको प्रबन्धपत्रमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले वैशाख देखि वैशाख २४ गतेसम्म आइपीओ निष्काशन तथा विक्री खुला गरेको थियो । उक्त आइपीओ बाँडफाँड भने हुन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS