Connect IPS
IME Life

महालक्ष्मी लाइफले आइपिओ नल्याई मर्जरमा जाने, आइपिओको पर्खाइमा रहेका कर्मचारी सर्वाधिक पिडित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ निष्काशन नगरी नै मर्जरमा जानुपर्ने भएको छ । कम्पनीमा पूँजी लगानी गर्ने बैंक वित्तीय संस्थाको दबाब पछि कम्पनी मर्जरका जान बाध्य हुने भएको हो । कम्पनीका लगानीकर्ताले कम्पनीको नेटवर्थ घटेकाले ठूलो रकम प्रोभिजनिङ गर्नुपर्ने अवस्था आएको भन्दै मर्जरका जान दवाव दिएका हुन् ।

आइपिओ निष्काशनको प्रकृयामा जाँदा असार भित्र नसकिने हुँदा फेयर भ्यालुमा मूल्याङ्कन गर्नुपर्छ । फेयर भ्यालुमा मूल्याङ्कन गर्दा धेरै नै जाेखिम व्यवस्थाप गर्नुपर्ने बाध्यता रहेको उनिहरुले कम्पनीलाई जनाएका छन् ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले पनि प्रभु र महालक्ष्मी लाइफलाई आगामी असारसम्ममा मर्जरमा जाने शर्त सहित बीमांकीय मूल्यांकन स्वीकृत गरेको थियो । दुई कम्पनीलाई जसरी पनि छिटो भन्दा छिटो मर्जर गराउने प्राधिकरणको रणनीति छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणमा प्रिमियममा आइपिओ निष्काशनको स्वीकृति माग गर्दै निवेदन समेत दिएको छ । दुबैले बीमांकीय मूल्यांकन स्वीकृत भएसँगै बीमितले पाउने बोनसदर घोषणा गरिसकेका छन् । तर प्राधिकरणले अहिलेसम्म पनि महालक्ष्मी लाईफलाई प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न दिने या नदिने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।

कम्पनीले वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरणमा पेश गरेको छ । कम्पनीले प्राधिकरणमा वित्तीय विवरण स्वीकृतिका लागि पेश गरेको ५ दिन भयो । तर अहिलेसम्म स्वीकृति भएको जानकारी गराएको छैन । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत हुने वित्तीकै कम्पनीले वार्षिक साधारणसभा आह्वान गर्नेछ ।

साधारणसभाबाट प्रिमियममा आइपिओ निष्काशन गर्ने या असारसम्ममा जसरी पनि मर्जर टुङ्ग्याउने भन्ने विषयमा कम्पनीका शेयरधनीहरुले निर्णय गर्नेछन् । कम्पनीमा साविक मेगा बैंकको १४ प्रतिशत अर्थात २० करोड रुपैयाँ, ज्योति विकास बैंकको ११ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको ६ प्रतिशत अर्थात ८ करोड रुपैयाँ, एनएमबी बैंकको ४ प्रतिशत अर्थात ५ करोड रुपैयाँ, महालक्ष्मी विकास बैंकको ३ प्रतिशत अर्थात ४ करोड ७५ लाख रुपैयाँ लगानी रहेको छ । यसरी ५ वटा बैंकहरुले प्रोभिजनिङको विषयलाई उठान गरेपछि कम्पनी दबाबमा परेको हो ।

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमाशिक अवधिको मौद्रिक समिक्षा गर्दैछ । यदि मौद्रिक समिक्षा मार्फत बैंकहरुले शेयरमा गरेको लगानीका विषयमा केहि लचकता अपनायो भने कम्पनीले पुनः आइपिओमै जाने सम्भावना पनि रहेको छ । प्रिमियममा आइपिओ निष्काशन गर्दा साबिक लगानीकर्ताहरुलाई नै ठूलो फाइदा हुने भएकाले उनिहरु पनि यस विषयमा नेपाल राष्ट्र बैंकसँग लविङ गरिरहेका छन् । त्यसैले गर्दा अहिले नै आइपिओमा जाने या नजाने भन्ने विषयमा स्पष्ट दिशानिर्देश नरहेको कम्पनी स्रोतको भनाइ छ ।

कम्पनीले असार भित्रमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभा गर्न भ्याए पनि अझै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणको टुङ्गो लाग्न सकेको छैन । असार सम्ममा पनि कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पार्न सक्ने देखिदैन । यदि गत आर्थिक वर्षको लेखापरीक्षण गर्न सकेको भए कम्पनीको नेटवर्थको विषयलाई लिएर बैंकहरुले मर्जरमा जान दबाब दिने थिएनन् ।

आइपिओको पर्खाइमा रहेका कर्मचारीहरु सर्वाधिक पिडित

कम्पनीले समयमा आइपिओ निष्काशन गर्न नसक्दा सबैभन्दा धेरै पिडित कम्पनीका कर्मचारी हुने भएका छन् । प्रिमियममा आइपिओ निष्काशन गर्ने लोभमा पर्दा कम्पनीका कर्मचारीहरुले अन्तत आइपिओ नै नपाउने देखिएको छ ।

यदि बैंक वित्तीय संस्था र नेपाल बीमा प्राधिकरणले असार सम्ममा जसरी पनि मर्जरमा जान दवाव दियो भने कर्मचारीहरु आइपिओ पाउनबाट बञ्चित हुनेछन् । यदि आइपिओ निष्काशन नगरी मर्जरमा गयो भने कम्पनीले एफपिओ निष्काशन गर्न पाउने छ । मर्जर पछि एफपिओ निष्काशन हुँदा प्रभु र महालक्ष्मी दुबैका कर्मचारीले पाउने छन् । यस्तो अवस्थामा प्रभुका कर्मचारीहरुले दोहोर्याएर प्राथमिक शेयर खरिद गर्न पाउने छन् ।

यहि प्रिमियममा आइपिओ निष्काशन गर्दा कम्पनीले कम्तिमा पनि २०० रुपैयाँमा बिक्री गर्न सक्छ । यसबाट कम्पनीले प्राथमिक बजारबाट कम्तिमा पनि ९० करोड रुपैयाँ उठाउनेछ । यदि एपिओमा शेयर निष्काशन भयो भने नेटवर्थको १० प्रतिशत मात्रै बढि प्रिमियम चार्ज गर्न पाइन्छ । यो भनेको कम्पनीले ११० रुपैयाँ हाराहारीमा मात्रै एफपिओदर निर्धारण गर्न सक्नेछ । यसबाट न त कम्पनीका लगानीकर्तालाई फाइदा हुन्छ न त महालक्ष्मीका कर्मचारीलाई नै फाइदा हुन्छ । यसले गर्दा महालक्ष्मी लाइफका कर्मचारीहरु आइपिओ मार्फत हुने लाभबाट बञ्चित हुने छन् ।

पछिल्लो समय लाइसेन्स पाएका १० जीवन बीमा कम्पनीहरु मध्ये ९ वटा कम्पनीका कर्मचारीहरु यसबाट लाभान्वित हुनेछन् । अहिलेसम्म ५ वटा कम्पनीका कर्मचारीहरुले आरक्षित आइपिओ प्राप्त गरिसकेका छन् । बाँकी ४ वटा कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्दै छन् । यि चार कम्पनीका कर्मचारीहरुले अझ सर्वाधिक लाभ पाउदैछन् । प्रिमियममा आइपिओ निष्काशन गरे पनि कर्मचारीहरुका लागि आधार मूल्यमै शेयर बिक्री गर्ने कम्पनीहरुले तयारी गरेका छन् ।

अहिले सर्वसाधारणसँग उठाएको प्रिमियमबाट कर्मचारीहरुले थप बोनस पाउने छन् । यसबाट पनि उनिहरुलाई फाइदा हुनेछ । लाइसेन्स पाउने वेलामै ठुलो समस्यामा गुज्रिएको महालक्ष्मी लाइफ अन्तत आइपिओ निष्काशनको प्रकृयाँमा पनि समस्यामा परेको छ । मर्जरमा नजादा संस्थापकको दवाव जादा कम्पनीमा दिनरात काम गर्ने कर्मचारीहरुले आफ्नो अधिकार अनुसारको शेयर समेत खरिद गर्न नपाउने भएका छन् । यदि कम्पनीले दुई वर्ष अगाडी नै आधार मूल्यमा आइपिओ निष्काशन गरेको भए अहिलेको यो समस्या नै झेल्नु पर्ने थिएन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

50%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS