काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्षको प्रस्तावित बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत माघ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
धितोपत्र दोस्रो बजारमा वैशाख ११ गते बोनस शेयर सूचीकृत गरी वैशाख १५ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गरेका छन् ।
माघ १७ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।