Connect IPS
IME Life

मुक्तिनाथलाई टक्कर दिने विकास बैंकमा गरिमा कि शाइन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । मुक्तिनाथ र गरिमा विकास बैंक पुराना राष्ट्रिय स्तरका विकास बैंक हुन् भने शाइन रेसुङ्गा कान्छो राष्ट्रियस्तरको विकास बैंक हो । पछिल्लो समयमा शाइन रेसुङ्गाले पनि एक नम्बरको विकास बैंक बन्ने टार्गेट लिएर अघि बढेको देखिन्छ र कम्पनीको वित्तिय प्रतिवेदनले पनि सो कुरालाई समर्थन गरेको देखिन्छ । चालु आर्थिक वर्ष (२०७९/८०) को तेश्रो त्रैमासको आधारमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गालाई शेयर पुँजी, संचित मुनाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, वितरणयोग्य मुनाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा गरी १ दर्जन महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

Prabhu
Crest

तीन विकास बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पूँजीको आधारमा :
गरिमा विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड छ भने मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ६ अर्ब ४२ करोड रहेको छ । त्यस्तै शाइन रेसुङ्गाको चुक्ता पूँजी ४ अर्ब २८ करोड रहेको छ ।

रिटेण्ड अर्निङको आधारमा :
शाइन रेसुङ्गाको रिटेण्ड अर्निङ सर्वाधिक १९ करोड हुँदा गरिमाको १८ करोड छ । तर मुक्तिनाथ विकास बैंकको रिटेण्ड अर्निङ ३ करोडले ऋणात्मक छ ।

जगेडा कोषको आधारमा :
मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा २ अर्ब ४४ करोड रुपैयाँ संचित छ भने गरिमा विकास बैंकको जगेडा कोषमा १ अर्ब ८० करोड रुपैयाँ संचित हुँदा शाइन रेसुङ्गाको जगेडामा १ अर्ब ४४ करोड संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
मुक्तिनाथ विकास बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९१ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । गरिमा विकास बैंकले ७३ अर्ब ८६ करोड निक्षेप संकलन गरी ६० अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ भने शाइन रेसुङ्गाले ५२ अर्ब ४५ करोड निक्षेप संकलन गरी ४२ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
मुक्तिनाथ विकास बैंकले ९ महिनाको अवधिमा ३ अर्ब ०२ करोड खुद व्याज आम्दानी गर्दा गरिमा विकास बैंकले २ अर्ब ३८ करोड खुद व्याज आम्दानी गरेको छ । त्यस्तै शाइन रेसुङ्गाले १ अर्ब ५४ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

खुद नाफाको आधारमा :
मुक्तिनाथ विकास बैंकले चालु आवको तेश्रो त्रैमाससम्म ८० करोड खुद नाफा गरेको छ भने गरिमा विकास बैंकले ६५ करोड खुद नाफा गरेको छ । त्यस्तै शाइन रेसुङ्गाले ५५ करोड खुद नाफा गर्न सफल भएको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा शाइन रेसुङ्गा अघि छ । शाइन रेसुङ्गाको प्रति शेयर आम्दानी १७ रुपैयाँ २६ पैसा छ भने मुक्तिनाथको १६ रुपैयाँ ७४ पैसा र गरिमा विकास बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा छ ।

वितरणयोग्य मुनाफाको आधारमा :
शाइन रेसुङ्गाको वितरणयोग्य मुनाफा १९ करोड हुँदा गरिमा विकास बैंकको १८ करोड तर मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ३ करोड ऋणात्मक छ ।

निस्क्रिय कर्जाको आधारमा :
मुक्तिनाथ विकास बैंकको निस्क्रिय कर्जा १ दशमलव ९९ प्रतिशत हुँदा शाइन रेसुङ्गाको २ दशमलव ११ प्रतिशत र गरिमा विकास बैंकको २ दशमलव ९५ प्रतिशत छ ।

किताबी मूल्य :
गरिमा विकास बैंकको किताबी मूल्य १३८ रुपैयाँ ५७ पैसा छ भने शाइन रेसुङ्गाको १३८ रुपैयाँ ४१ पैसा र  मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १३७ रुपैयाँ ४९ पैसा छ ।

(नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS