काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपीओ बिहीवार नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको कुल ७६ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एमएकेएआर रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता गरेर कुल ७६ लाख कित्ता साधारण शेयर सूचिकृत गरेको हो ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसासम्मको मूल्य रेञ्ज तोको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जनाएको छ । उक्त शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
1683182066953