IME Life New

नेप्से-३० इन्डेक्सका लागि राय सुझाव माग, लगानीकर्तालाई सर्वाधिक राम्रा कम्पनी छनोट गर्न सहज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेप्से-३० इन्डेक्सका लागि आम लगानीकर्ता तथा शेयर बजार सँग सम्बन्धित विज्ञहरु सँग राय सुझाव माग गरेको छ । नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधि मार्फत पूँजी बजारको विकास गरी लगानीकर्ताहरुलाई आधुनिक कारोबार सुविधा उपलब्ध गराउने क्रममा नेप्से-३० इन्डेक्सको कार्यविधि तयार पारेको छ ।

नेप्सेले दोस्रो बजारको कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले बजारमा तत्काल कारोबारयोग्य शेयरहरुलाई समावेश गरी बजार पूँजीकरणमा आधारित सूचकांकको विकास गर्न थालेको हो ।

Esewa
Crest

यस सूचकांकले बजारको उतारचढावलाई प्रतिविम्बित गर्ने जनाइएको छ । यसले डेरिभेटिभ कारोबारका उपकरण सञ्चालनमा सहयोग पुर्याउनुका साथै पोर्टफेलियो व्यवस्थापनमा समेत मद्दत गर्ने नेप्सेले जनाएको छ । कार्यविधि अनुसार प्रस्तावित नेप्से-३० इन्डेक्समा दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सबै दृष्टिकोणबाट सर्वाधिक राम्रा कम्पनी छनोट हुनेछ । नेप्सेले छनौट गरेका ३० वटा कम्पनीलाई आधार मानेर म्युचुअल फण्डदेखि लिएर संस्थागत लगानीकर्ताले आफ्नो लगानी रणनीति तय गर्न सक्नेछन् ।

यस सूचकको कार्यविधि अनुसार छनोट हुने कम्पनीहरुलाई ६/६ महिनामा पुन मूल्याङ्कन गरिन्छ । यस क्रममा मूल्याङ्कनको आधारमा ६/६ महिनामा कम्पनीहरु ३० वटा भित्रमा पर्ने र हट्ने क्रम चलिरहन्छ । नेप्सेले यसका लागि विगत लामो समयदेखि अध्ययन गर्दै आएको थियो । शेयर बजारका विज्ञहरुलाई समेत यसको अध्ययनमा समावेश गरिएको छ ।

प्रस्तावित नेप्से-३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनौटका आधारहरु

(क) प्रतिशेयर चुक्ता मूल्य भन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको ।

(ख) अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्युनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दर भन्दा बढी रहेको ।

(ग) कम्पनीको कम्तिमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि-फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि-फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको ।

(घ) शेयरधनीको संख्या कम्तिमा २० हजार रहेको ।

(ङ) पछिल्लो ६ महिनाको अवधिमा दैनिक औषत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औषत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औषत ४० वा सो भन्दा बढी पटक कारोबार भएको ।

(च) पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको ।

प्रस्तावित नेप्से-३० इन्डेक्सको गणना विधि

(क) उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको प्रारम्भित सूची तयार गर्ने ।

(ख) प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि-फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई दिएको उदाहरण अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने ।

(ग) सूचिकृत संगठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समुहमा वर्गिकरण गरी बुँदा नं (ख) मा उल्लेख गरिएको विधि अनुसार प्रत्येक समुह भित्र छुट्टैछुट्टै कम्पनीको आ-आफ्नै समुहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरुबाट ८ वटा कम्पनी छनौट गर्ने । कुनै समुहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा उपलब्ध सबै संगठित संस्था छनौट गर्ने ।

(घ) बुँदा नं. ग अनुसार छनौट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा बढी भएमा बुँदा नं. ख अनुसार गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समुहबाट कम्तिमा एक संगठित संस्था कायम गर्ने ।

(ङ) बुँदा नं ग अनुसार छनौट भएका संगठित संस्थाहरुको संस्था ३० भन्दा कम भएमा प्रत्येक समुहबाट ८ भन्दा बढी कम्पनी छनौट नहुने गरी बुँदा नं ख अनुसार विधिबाट सूचीकृत सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने ।

627838195a2baffea1d5ab35a699e06a

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS