Connect IPS
IME Life

९ महिनामा बीमा कम्पनीहरुले संकलन गरे १ खर्ब ३४ अर्ब बीमा शुल्क, पहुँच ४४% जनसंख्यामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा बीमाको पहुँच ४४ दशमलव ५५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ४४ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो पहुँच ३७ दशमलव ३५ प्रतिशत रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्या ७१ दशमलव १२ प्रतिशतले बृद्धि भएको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बेदशिक रोजगार बीमालेख संख्या १४ लाख ५९ हजार ३१५ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमालेख ८ लाख ५२ हजार ८२७ रहेको थियो ।

Prabhu
Crest

त्यस्तै कुल जीवन बीमालेख संख्या भने २० दशमलव १४ प्रतिशतले बृद्धि भएको छ । चैत मसान्तसम्ममा एक करोड ४१ लाख ६५ हजार ९९८ वटा पोलिसी जारी भएका छन् । गत वर्षको यसै अवधिमा यस्तो पोलिसी १ करोड १७ लाख ९१ हजार ६९८ वटा जारी भएको थियो ।

नेपालमा संचालित कुल जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले यस वर्षको चैत मसान्तसम्ममा कूल १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यी कम्पनीहरुले १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । गत वर्षको तुलनामा २ प्रतिशतले बीमा शुल्क संकलनमा बृद्धि भएको हो ।

तर, जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा कूल एक खर्ब चार अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

Monthly-overall-Report_Chitra-MoF2079_80

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS