काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव १८ अंकले घटेर १,८५७ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५ लाखमाथिको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















