IME Life New

बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्था बुझेर मात्रै बीमा गराउनु पर्छः प्रदेश प्रमुख शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा अभिकर्ताहरुले बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुपर्ने बताइन् ।

उनले बीमालेखका शर्त तथा सुविधाका बारेमा अनिवार्यरुपमा बीमितलाई जानकारी गराउन, वित्तीय तथा मेडिकल जोखिमाङ्कन राम्रो गर्न र बीमा अभिकर्ताको पेशालाई मर्यादित बनाउँदै अगाडि बढ्न समेत निर्देशन दिइन् ।

Esewa
Crest

कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमितले बीमा सम्बन्धी गलत कार्य गरेमा हुने दण्ड सजायँका बारेमा बीमालेखमा नै उल्लेख हुनुपर्ने, बीमा अभिकर्ताहरुको दुर्घटना बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा अभिकर्तालाई आभारभूत सुविधा उपलब्ध गराउनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने लगायतका धारणा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले कार्यक्रम संचालन र स्वागत सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख÷प्रतिनिधि र बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS