IME Life New

फुङलिङ नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, दाबी भुक्तानी सहज नभएको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा यही वैशाख १९ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा बीमालाई समावेश गरी सबै नगरवासीको दुर्घटना बीमा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख मादेनले सरकारबाट अनुदानप्राप्त कृषि बीमा गर्नका लागि नगररपालिका क्षेत्रमा बीमा कम्पनीको शाखा कार्यालय खोल्ने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र विषयमा जानकारीमूलक प्रस्तुती गरे ।
कार्यक्रममा सहभागीहरुले बीमा गर्न सहज भए जस्तै दाबी भुक्तानी सहज नभएको, बीमा गरिएका कृषिबाली असिनाका कारणले क्षति हुँदा समेत दाबी भुक्तानी नपाएको, कृषि बीमाका लागि प्राधिकरणले तोकेको बीमा कम्पनीले शाखा कार्यालय समेत स्थापना नगरेको लगायतका गुनासा गरेका थिए ।

कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख भीमा देवी ओझा, वडा अध्यक्ष तथा कार्यकारी सदस्य, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख÷प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS