IME Life New

कांग्रेसका नेता एवं पोल्ट्री व्यवसायी कँडेल झुण्डिएको अवस्थामा मृत फेला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

Esewa
Crest

कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन्।  उनी अनमोल फिड्सका सञ्चालक समेत हुन् । घटनाको थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS