Connect IPS
IME Life

धितोपत्र बोर्डले १६ ब्रोकरलाई दियो लाइसेन्स, ७ बैंक सहित यी हुन् व्यक्तिगत धितोपत्र दलाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आज विहान बसेको सञ्चालक समितिको बैठकले एउट स्टक डिलर सहित १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । स्टक डिलरको रुपमा नविल र ब्रोकर सम्बन्धी सम्पुर्ण कार्य गर्नका लागि मेघा स्टक मार्केटले आशयपत्र “एलओआई” प्राप्त गरेको छ । बाँकी १४ वटाले भने सिमित कार्य गर्नका लागि अनुमति पाएका छन् । ७ वटा वित्तीय संस्थाले लाइसेन्स पाएका छन् भने बाँकी ९ वटा व्यक्तिगत छन् ।

सिमित कार्य गर्ने धितोपत्र दलालको न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । पुर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ छ भने धितोपत्र व्यापारीको हकमा एक अर्ब ५० करोड रुपैयाँ आवस्यक पर्छ । अहिले लाइसेन्स पाएको नविल सेक्युरिटिजले एक अर्ब ५० करोड रुपैयाँ पूँजी जुटाउनु पर्नेछ भने पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा लाइसेन्स पाएको मेघा स्टक मार्केटले ६० करोड रुपैयाँ जुटाउनु पर्छ ।

Prabhu
Crest

सिमित कार्य गर्नका लागि निवेदन दिने कम्पनीले बोर्डलाई ५० हजार रुपैयाँ दस्तुर बुझाइसकेका छन् । अव अनुमति दस्तुर बापत २५ लाख रुपैयाँ र हरेक वर्ष वार्षिक शुल्क बापत एक लाख ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिदा मेघाले एक लाख रुपैयाँ बुझाएको थियो । अव लाइसेन्स पाए सँगै ५० लाख रुपैयाँ लाइसेन्स दस्तुर बुझाउनु पर्नेछ भने हरेक वर्ष तीन लाख रुपैयाँ तिर्नु पर्छ ।

स्टक डिलरको रुपमा अनुमति पाएको नबिल सेक्युरिटिजले आवेदन दिदा २ लाख रुपैयाँ बुझाएको थियो । लाइसेन्स पाए सँगै बोर्डलाई एक करोड रुपैयाँ तिर्नु पर्छ । यस बाहेक हरेक वर्ष ५ लाखका दरले शुल्क बुझाउदै जानु पर्छ । आज एलओआई पाएका ब्रोकरले अव लाइसेन्सिङको प्रकृयाँ अगाडी बढाउन पाउने छन् । व्यवसायिक शुभारम्भको तयारी गर्न पाउने छन् ।

हेर्नुस् सूची :

१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी

२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS