IME Life New

अब आसियाना बासमति चामल नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आसियाना बासमती राइस (चामल) को नेपालका लागि आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनले कारोवार शुरु गरेको एक वर्ष पुगेको छ । सो अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिआरएम फुड्सका अध्यक्ष्य प्रदिप गुरुङ तथा मिस इको इन्टरनेशनल रक्षा उप्रेती विशेष अतिथिका रुपमा उपस्थित रहेको थियो । कार्यक्रममा जिआरएम फुड्सका प्रवन्ध निर्देशक यन्सिल गुरुङले नेपालमा विश्वस्तिरीय चामलनै उपलव्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए ।

Esewa
Crest

नेपाल समेत भारत तथा विश्वका धेरै देशहरुमा विक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौ लगायत पुरै देश भरि विक्री विस्तार गर्ने योजना रहेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकहरु माझ १ बर्षको अवधिमै निकै नै रुचाइएको मूलायम तथा बास्नादार चामलको ब्राण्डमा परेको छ ।

कार्यक्रममा देशैभर छरिएर रहनु भएको ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । नेपालभरबाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहार स्वरुप विभिन्न उपहार उपलब्ध गराएको थियो ।

सन् १९९० मा स्थापना भएको यस कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपलव्ध गराएकोे छ र ५० बर्ष भन्दा पुरानो कम्पनीद्धारा उत्पादित हरियाणाको प्रख्यात चामल हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS