काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी असी करोड बराबरको १ः२ को अनुपातमा १ अर्ब ६० करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले पुर्व स्वीकृति, कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।
1682677982974