Connect IPS
IME Life

महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ५२ रुपैयाँ पाउँदा कुन योजनामा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७७/२०७८ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० बैशाख १५ गतेको पत्र मार्फत स्वीकृत भई २०७७/ ७८ को लागि कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो ।

महालक्ष्मी सावधिक जीवन बीमालेख
महालक्ष्मी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । महालक्ष्मी कम्पनीले सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ५१ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

Prabhu
Crest

कम्पनीले १६ देखि २५ वर्ष अवधिको ३ हजार ८ सय ७५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस प्राप्त गन छन् ।

महालक्ष्मी सरल जीवन बीमा योजना
महालक्ष्मी सरल जीवन बीमा योजनाको हकमा पनि कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले ५ देखि १५ वर्ष अवधिको ४ सय ६१ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

महालक्ष्मी जीवन हेरचाह बीमा योजना
महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्म अवधि भएको बीमालेख बढी विक्री गेको छ । उक्त बीमालेख १६ सय ७६ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ५१ रुपैयाँ बोनस पाउनेछन् ।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना
कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ५० रुपैयाँ कायम गरेको बताएको छ । त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ । यस बीमा योजनाका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS