IME Life New

पूँजी वृद्धिका लागि मर्जरमा गएका कम्पनी भावनात्मक रुपमा अघि बढेमा समस्या आउँदैनः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको आज तेस्रो महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताएका हुन् ।

प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव रु. ४४ अर्ब बराबरको दाबी भुक्तानी भएको जानकारी गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुप-यो, अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुप-यो, कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुप-यो, कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुप-यो, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुप-यो, त्यसो नभएमा कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुप-यो ।”

Esewa
Crest

अध्यक्ष सिलवालले बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु संचालनमा आएको स्पष्ट बताउँदै बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताए ।

अधिवेशनमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS