IME Life New

नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको अध्यक्षमा मिश्र निर्वाचित, व्यवसायिक रुपमा काम गर्न सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट अध्यक्षमा शम्भु प्रसाद मिश्र निर्वाचित भएका छन् । सहायक निर्देशक सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा रञ्जिता के.सी, महासचिवमा शिव प्रसाद खनाल, सचिवमा श्याम सुन्दर नगरकोटी, कोषाध्यक्षमा अनुराग पाण्डे, सदश्यहरुमा क्रमश प्रदीप गौतम, रोमिला शर्मा, खेमराज भण्डारी र राजेन्द्र खतिवडा निर्वाचित भएका छन् । कार्यसमितिले विधान बमोजिम २ जना सदश्य र ६ जना प्रदेश कार्यालय संयोजकको मनोनयन गर्नेछ ।

यूनियनका निवर्तमान अध्यक्ष पुर्ण बहादुर थापाले नयाँ कार्यसमितिलाई बधाई दिनुका साथै कर्मचारीको हकहितलाई अझ बुलन्द बनाउन आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सुर्य प्रसाद सिलावलको नियुक्ति सँगै बीमा क्षेत्रमा धेरै सुधार भएको उनले बताए ।

Esewa
Crest

बीमा प्राधिकरणमा धेरै जना नयाँ कर्मचारीको नियुक्ति भएको भन्दै ऐन अनुसार कर्मचारी विनियमावली बनाउन जोडदार माग गरेका छन् । प्राधिकरणमा कर्मचारी युनियनको गठन सँगै बीमा क्षेत्रका कर्मचारीहरुले सार्वजनिक विदा पाउन थालेको दाबी छ । उनले भने ‘बीमा कम्पनीहरुमा कर्मचारी साथिहरुले शनिवार पनि काम गर्नु पर्थ्यो । जुनसुकै समयमा काम गर्दा पनि मूल्याङ्कन हुँदैन थियो । हाम्रो यूनियनले आवाज उठाए पछि नेपाल बीमा प्राधिकरणले २०६८ सालमा संस्थागत सुशासन निर्देशिका मार्फत उहाँहरुको हितमा काम गरेका छौ ।’

कार्यक्रमलाई संबोधन गर्दै नेपाल वित्तीय कर्मचारी संघका अध्यक्ष पदम राज रेग्मीले कर्मचारीका मुद्दा जहिले पनि कर्मचारी संघ संघठन सँग जोडिने भएकाले उच्च व्यवस्थापनले युनियनको साथ सहयोगमा काम गर्नु पर्ने बताए । बैंक वित्तीय संस्था र बीमा क्षेत्रमा भइरहेको मर्जरले कर्मचारीहरु पलायन हुने अवस्था सिर्जना भइरहेको भन्दै यस तर्फ विशेश ध्यान दिने अध्यक्ष रेग्मीले प्राधिकरणलाई आग्रह गरेका छन् । वित्तीय संस्थाका कर्मचारी यूनियनले आफुला व्यवसायिक रुपमा उभ्याउनु पर्ने रेग्मीको भनाइ थियो । उनले कर्मचारी यूनियनले कुनै राजनीतिक वादको पछाडी नदौडिकन व्यवसायिक रुपमा आफ्नो काम कारबाही अगाडी बढाउनु पर्ने बताए ।

नेपाल इन्स्योरेन्स कर्मचारी संघका अध्यक्ष भिम प्रसाद घिमिरेले नेपाल इन्स्योरेन्स कम्पनीको इतिहास नमर्ने गरी मर्जर गराउन आग्रह गरेका छन् । नेपाली बीमाको पहिलो इतिहास मेटाउने गरि मर्जरका काम कारबाही अगाडी नबढाउन उनले नेपाल बीमा प्राधिकरण समक्ष अनुरोध गरेका छन् । कम्पनीले नियामकिय चुक्ता पूँजी जुटाउन घर जग्गा बिक्री गरेर पैसा जुटाउने काम गरिरहेको भन्दै कम्पनीको अस्तित्व बचाइदिन आग्रह गरेका छन् ।

अधिवेशनमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कर्मचारी युनियनको महाधिवशनलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले कर्मचारीहरुलाई वादको पछाडी नलागी व्यवसायिक रुपमा काम गर्न र आफ्ना जायज मागहरुलाई अगाडी बढाउन आग्रह गरेका छन् । आफु नेपाल बीमा प्राधिकरणमा आएदेखिनै कर्मचारी संघ संघठनको तर्फबाट कुनै पनि असहयोगको सामाना गर्नु नपरेको भन्दै उनले अझ सहयोगी भुमिकाको रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कर्मचारीहरुले मर्जरका कारण कर्मचारीहरु पालयन भइरहनु परेको भन्दै गर्दै अध्यक्ष सिलवालले कुनै पनि बीमा कम्पनीहरुलाई मर्जरका क्रममा कर्मचारी नहटाउन र खाइपाइआएको सेवा सुविधा नघटाउन निर्देशन दिइएको बताए । उनले बीमा कम्पनीहरुले दाबी मात्रै तिरेनन् भन्नु भन्दा पनि बीमा कम्पनीहरुले तिरिरहेको दाबीको तथ्याङ्कलाई पनि हेरिदिनु पर्ने बताएका छन् । मर्जर र नयाँ लाइसेन्सको सन्दर्भलाई जोडेर कर्मचारीहरुले प्राधिकरणको कार्यशैलीलाई प्रश्न गरे पनि अध्यक्ष सिलवालले नयाँ लाइसेन्स बाडिएको भन्दा पनि दुरदराजका मानिसहरुलाई बीमा गराउन नयाँ संरचना तयार पारिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS