Connect IPS
IME Life

बाह्य क्षेत्रको सहजतासँगै तरलतामा सुधार भइरहेको गभर्नरको दाबी, आन्तरिक सन्तुलन कायम राख्ने काम चुनौतीपूर्ण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको सहजतासँगै बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको र बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधि सुधार हुँदै जाने देखिएको बताएका छन् । उनले भने ‘अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधारसँगै तरलता व्यवस्थापन सहज भए तापनि अन्तर्राष्ट्रिय कारणले गर्दा मूल्यमा परेको दबाब अझै कायम छ ।’

गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकोले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको गभर्नर अधिकारीले बताए ।

Prabhu
Crest

यद्यपि, विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आएकोले सरकारको राजस्व सङ्कलनमा गिरावट आएको उनको भनाइ छ । यसलगायत राजस्व चुहावट नियन्त्रणमा अपनाइएको थप सक्रियताका कारण राजस्व सङ्कलनमा सुधार हुने अपेक्षा गरिएको उनले बताए ।

नेपाली अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकोले विश्व अर्थतन्त्रको प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यस बावजुत पनि  वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक सदैव प्रतिबद्ध रहेको उनले प्रष्ट पारे । उनले थपे ‘बैंकिङ क्षेत्रको स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको दीर्घकालीन सुधारको लागि समग्र उत्पादन र उत्पादकत्व बढाउनेतर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालालाई अपिल गर्दछु ।’

२०७९ साल समष्टिगत आर्थिक व्यवस्थापनको दृष्टिकोणले चुनौतीपूर्ण रहेको अधिकारीको समिक्षा छ । कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने क्रममा बाह्य क्षेत्रमा सिर्जित दबाबलाई सम्बोधन गर्न राष्ट्र बैंकबाट विभिन्न नीतिगत प्रयास भएको उनले बताए । साथै, यो वर्ष भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न पनि बैंक सक्रिय रहेको उनले दाबी गरे । बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा र परिमार्जन गरिएको अधिकारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंक आजदेखि आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र स्थिरताका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको छ ।

बैंकको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष एक जना पूर्व गभर्नरलाई सम्मान गर्ने परम्पराबमोजिम यस वर्ष पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सम्मान गरिएको छ । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पूर्व गभर्नर भट्टराईलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका छन् । पूर्व गभर्नर भट्टराईले २०६१ माघ १८ देखि २०६६ माघ १७ गतेसम्म बैंकको गभर्नरको जिम्मेवारी सम्हालेका थिए । नेपालको आर्थिक, मौद्रिक एवम् वित्तीय क्षेत्रको व्यवस्थापनमा पुर्याएको योगदानको कदरस्वरूप पूर्व गभर्नरलाई यसरी सम्मान गर्ने परम्परा रहँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS