IME Life New

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्था पालना गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा गरेको अनुगमनको क्रममा मापदण्ड पालना नगरेको देखिएकोले सम्पूर्ण स्वास्थ्य संस्थालाई नियम पालना गर्न मन्त्रालयले निर्देशन जारी गरेको हो ।

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ दफ घ मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय,बेवारिसे विरामीको लागि कुल शैयाको दश प्रतिशत शैया छ्ट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने व्यवस्था रहेको छ । विरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने भनी उल्लेख भएतापनि मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्ड बमोजिम नभएको देखिएको उल्लेख गरेको छ ।

Esewa
Crest

अस्पतालमा पार्किङको शुल्क उठाउने, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत प्राप्त भएकोले उक्त मापदण्ड तथा प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुले पूर्ण रुपमा पालना गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ । अन्यथा प्रचलित कानून बमोजिम कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS