IME Life New

जापान-नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार सम्पन्न, बीमाको स्तर सुधारमा कोशे ढुङ्गा साबित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि  वल्र्ड (फालिया जापान) र  जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा “ जापान – नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार” एक  भव्य समारोहका बिच सम्पन्न गरेको छ­­­ ।

फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि  वल्र्ड (फालिया ) सँग मिलेर जीवन बीमक संघ नेपालको पहलमा पहिलो पटक एैतिहासिक सेमिनार आयोजना गरिएको हो ।

Esewa
Crest

स्वागत मन्तव्यका क्रममा  जीवन बीमक संघ नेपालका उपाध्यक्ष प्रवीण रमण पराजुलीले  “जीवन बीमक संघ नेपाल र  फालिया -जापान बीच भएको आजको सफल अनि एतिहासिक उक्त  सेमिनार एक सुरुवात र पहिलो कदम भएको बताउनुका साथै यस किसिमका गोष्ठी तथा सेमिनारहरुद्वारा नेपालको जीवन बीमा क्षेत्रको बृहत्तर हित र  बिकासमा  सघाउ हुनुका साथै  जीवन बीमा क्षेत्रमा नव प्रबिधि तथा सिपको अनुशरण गर्दै अन्तरार्राष्ट्रिय स्तरका अभ्यासहरु नेपाली जीवन बीमा  क्षेत्रमा अबलम्बन  गर्दै जाने कुरालाई प्रकाश पारेका थिए ।

विहान ९ बजे सुरु भएको उक्त कार्यक्रको पहिलो सेसनमा फालियाको तर्फबाट “च्यालेन्जेज अफ लाइफ इन्स्योरेन्स इन्ड्रष्ट्री इन अ र्यापिड्ली चेन्जिङ विजनेस इन्भारमेन्ट” को विषयमा प्रस्तुतिकरण रहेको थियो । सेमिनारको अन्त्यमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संबोधन गर्दै संघलाई बधाई दिनुकासाथै यस किसिमका कार्यक्रमले जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने र नेपाली जीवन बीमाको स्तर  सुधारमा  कोशे ढुङ्गा साबित हुने बताए ।

सेमिनारमा भाग लिएका  सहभागीहरुलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष र फालिया -जापानका अध्यक्षद्वारा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै  जीवन बीमक संघ नेपालका तर्फ़बाट फालिया जापानका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलले उक्त कार्यक्रम सफल बनाउन साथ दिनुहुने व्यक्तित्व लागाएत  आमन्त्रित  सबैमा कृतज्ञता ज्ञापन गरे । फालिया जापान  र जीवन बीमक संघ नेपालले आगामी दिनहरुमा पनि एक आपसमा सहकार्य गर्दै नेपालमा थप कार्यक्रम गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS