IME Life New

आइएमईले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लिमिटेडको साधारण शेयर(आइपिओ) निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि लिमिटेडले आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

आज आइएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

आइएमईले आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको हो ।

आइएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ।

आइएमई ग्रुपले केही समय यता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS