IME Life New

आइएमई पेको तीन देशबाट आएको रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गर्दै आएको छ । ‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुनेछ।

Esewa
Crest

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS