IME Life New

टार्गेट पुर्याउन सरेण्डर गराउदै अभिकर्ता र कर्मचारी, तत्काल अर्को पोलिसी खरिद गर्न नपाउने व्यवस्था आवश्यक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्तादेखि लिएर बीमा कम्पनीकै कर्मचारीहरुका कारण पोलिसी सरेण्डर हुने क्रम बढेको छ । कम्पनीहरुले दिएको टार्गेट पुरा गर्न नसके पछि उनिहरुले बीमितलाई पोलिसी सरेण्डर गराएर अर्को पोलिसी खरिदका लागि गलत सुझाव दिने गरेको पाइएको छ ।

काठमाण्डौं भन्दा बाहिरिका मोफसलका शाखा कार्यालयहरुका कर्मचारीहरुले नै यस्तो सुझाव दिने गरेको पाइएको छ । बीमा कम्पनीहरुका अनुसार पछिल्ला दिनमा शाखा कार्यालयबाट सरेण्डरको फाइल आउने क्रम अत्याधिक बढेको छ ।

Esewa
Crest

आर्थिक मन्दी र बढ्दो महंगीका कारण कतिपय बीमितहरु बीमा शुल्क भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् । तर यस्तो अवस्था सबै बीमितको छैन । केहि बीमितहरु वास्तवमै समस्यामा परे पनि उनिहरु सँग बीमालेख धितोकर्जा लिएर तत्कालको गर्जो टार्ने विकल्प रहेको छ । यस पटक बीमा शुल्क भुक्तानी गर्न गाह्रो पर्यो भन्ने बीमितहरुलाई अन्य विकल्प सुझाउनुको सट्टा अभिकर्ताहरुले सिधै यो पोलिसी सरेण्डर गर्नुहोस् तपाईले यस्तो खालको पोलिसी खरिद गर्नु भएको रहेछ अव अहिले यस्तो पोलिसी आएको छ । जुन तपाईका लागि एकदमै सुट गर्छ भन्ने गरेका छन् । यसै क्रममा उनिहरुले तत्काल पोलिसी सरेण्डर गराउने र सरेण्डर बापतको रकमबाट अर्को पोलिसी खरिद गरिदिने गरेका छन् ।

अभिकर्ताको यस्तो अभ्यासलाई पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी पनि स्वीकार गर्छन् । अभिकर्ताहरुले पुरानो पोलिसी सरेण्डर गराएर नयाँ पोलसी खरिद गर्न लगाउनु लगत भएको उनको धारणा छ । उनले इन्स्योरेन्स खवर सँग भने ‘नयाँ पोलिसी बिक्री गर्ने भनेको पुरानो बीमा क्यान्सिल गराएर होइन । यो गलत ट्रेण्ड हो ।’

उनले थपे ‘त्यसलाई हामी निरुत्साहित गर्छौ । त्यस्ता अभिकर्तालाई हामी राम्रो अभिकर्ता भन्दैनौ । बीमा पोलिसी बिक्री गर्ने भनेको पोलिसी परिपक्व गराएर मात्रै हो । अथवा आम्दानीको आधारमा नयाँ पोलिसी बिक्री गर्ने हो ।’

बीमा कम्पनीहरुले कर्मचारीहरुलाई दिएको अनावश्यक दवावले यस्तो अवस्थाको सिर्जना भएको एक बीमकले बताए । कम्पनीहरुले टार्गेट पुरा नगर्ने शाखा प्रवन्धकलाई सरुवा गर्नेदेखि लिएर सेवा सुविधा कटौती गर्नेसम्मका कारबाही गरेका छन् ।

कयौ शाखा प्रवन्धकले एक दुई महिनाको अवधिमा जागरिबाटै हात धुनु परेको छ । आर्थिक मन्दीको बहानामा कतिपय शाखा प्रवन्धक सुतेर बसेको कम्पनीहरुको भनाइ छ । पछिल्लो समय मानिसहरुलाई बीमा गराउन धेरै गाह्रो छ । जो कोहीलाई बीमा गर्नु पर्यो भने अहिले पैसा छैन । आर्थिक मन्दीले सताएको छ । पछि गरौला है भन्ने धेरै छन् ।

टार्गेट पुरा नगर्ने धेरै अभिकर्ताहरुको सेवा सुविधामा भारि गिरावट भएको छ । कयौको एजेन्सी म्यानेजरको पद खोसिएको छ । एजेन्सी म्यानेजरको पद खुस्किने वित्तीकै उसले मासिक रुपमा पाउने सेवा सुविधामा स्वत कटौती हुन्छ । नियमित आम्दानी कटौती भए सँगै अभिकर्ताहरु बीमा क्षेत्रबाट पलायन हुने क्रम पनि बढेको छ । साथै निष्कृय अभिकर्ताको संख्यामा ह्वात्तै बृद्धि भएको छ ।

जसले अभिकर्ता पेशालाई पुर्णकालिन पेशा बनाउदै आएका छन् उनिहरुले नै बीमितहरुलाई सरेण्डर गराउन उत्प्रेरित गर्ने गरेका छन् । सरेण्डरको रेकर्ड अभिकर्ताको नाममा राख्ने प्रचलन छैन । अर्को तर्फ सरेण्डरको तथ्याङ्कले अभिकर्ताको आम्दानी तथा पोर्टफेलियोमा पनि खासै ठुलो प्रभाव पर्दैन । दुई वर्ष पनि बीमितले बुझाएको प्रिमियमको ५ प्रतिशत मात्रै कमिशन प्राप्त हुने भएकाले यस प्रति अभिकर्ताको खासै धेरै चासो हुँदैन ।

यसरी अभिकर्ता तथा बीमा कम्पनीका कर्मचारीले आफ्नो स्वार्थ पुरा गर्न बीमितलाई हतियार बनाउने गरेका छन् । क्षणिक रुपमा अभिकर्ता तथा कर्मचारीलाई राम्रै लाभ देला तर बीमितले ठुलो नोक्सानी वेहोर्नु परेको पत्तो पाउदैन । यहि माध्यमबाट आफ्ना अभिकर्ता तथा कर्मचारीले टार्गेट पुरा गर्दा पनि बीमा कम्पनीहरुले भने उनिहरुलाई पुरस्कार दिदै आएको छ ।

यस्तो अभ्यासलाई रोक्नका लागि बीमा पोलिसी सरेण्डर गरेको निश्चित समयसम्म पुनः बीमा गर्न नपाउने व्यवस्था गर्ने हो भने यस्तो काम निरुत्साहित हुने बीमाका विश्लेषकहरु बताउछन् । बीमा गर्न नपाउने व्यवस्था गर्नु व्यवहारिक र कानुनी रुपमै गलत हुन्छ । तर विश्वका कतिपय देशमा बीमा पोलसी सरेण्डर गरेको निश्चित समयसम्म अर्को नयाँ पोलिसी खरिद गर्न नपाउने व्यवस्था रहेका छन् ।

कसैले बीमा पोलिसी सरेण्डर गर्दै छ भने उसले आफुलाई पोलिसी नचाहिएको अथवा तत्काल अर्को पोलिसी खरिद गर्न नसक्ने अवस्थालाई संकेत गर्छ । तर नेपाली बीमा कम्पनीहरुले आज पोलिसी सरेण्डर गर्नेलाई आजै अर्को बीमा पोलसी बिक्री गर्छन् । यस्तो अभ्यासलाई निरुत्साहित पार्न बीमा कम्पनीहरुलाई रोक्नु पर्छ । यसका लागि सबैभन्दा पहिला बीमा सूचना केन्द्रको आवस्यक पर्छ । जसको आधारमा बीमित पहिचाहन गर्न सकियोस् र यस्ता गलत अभ्यासलाई निरुत्साहित पार्न सकियोस् ।

बीमा शुल्क बीमितको उमेरका आधारमा निर्धारण हुने हुँदा पोलिसी सरेण्डेर गरेर नयाँ पोलिसी बिक्री गराउनु भनेको बीमितलाई नै घाटा हुनु हो । यदि बीमितको आम्दानीमा भारि गिरावट आयो भने बीमाङ्क घटाएर बीमा शुल्क समायोजन गर्दै बीमा शुल्क कम बनाउन सकिन्छ । साथै कसैको आम्दानीको स्तर बढ्यो भने पुरानो पोलिसी सरेण्डर गराएर होइन नयाँ अर्को पोलिसी खरिद गराउन सकिन्छ । जसले गर्दा पोलिसी सरेण्डर जस्तो घातक अभ्यास हुन पाउदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS