IME Life New

कामना सेवा विकास बैंकको कमाण्ड सम्हाल्दै दिनेश थकाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको कमाण्ड दिनेश थकालीले सम्हाल्ने भएका छन्। फाल्गुन देखि बैंक कामुको भरमा चलिरहेको थियो। बिकास बैंक मध्ये धेरै सुचकमा पछि रहेको संस्थालाई माथि उठाउने जिम्मेवारी थकालीको काधमा आएको छ। चार्टर्ड एकाउण्टेण्ट थकाली ३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । बागेश्वरी र साग्रिला गाभिए पछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भए । साग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए ।

प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृत थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरे । प्रभु क्यापिटलको नेतृत्वमा रहदा उनले दुई वटा म्युचुअल फण्ड निष्काशन गरेका थिए । थकालीले प्रभु बैंकबाट राजिनामा दिइसकेका छन् । राजिनामा स्वीकृत हुन भने बाँकी छ ।

Esewa
Crest

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन,  एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन् । कामना सेवा विकास बैंकलाई विकास बैंकहरु मध्ये अझ अब्बल र थप प्रतिस्पर्धी बनाउदै लैजाने सिइओ थकालीले बताए । बैंकको सम्पुर्ण सूचकहरुलाई अझ माथि पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS