Connect IPS
IME Life

शेयर बजारमा समान्य बृद्धि, लगानीकर्ताको कन्फिडेन्स बढ्न नसक्दा कारोबारमा मन्दी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताको मनोबल बढ्न नसक्दा कारोबार रकममा मन्दी छाएको छ । सिजनमै बजारमा गिरावट आउदा लगानीकर्ता आत्तीएका छन् । बजारमा हरेक दिन गिरावट हुँदा लगानीकर्ताको सक्रियता घट्दै गएको छ ।

अर्थतन्त्रका सम्पुर्ण सूचकहरु सकारात्मक छैनन् । सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा सामाजिक सुरक्षा भत्तादेखि लिएर पेन्सन समेत खुवाउन सकेको छैन । राजस्व संकलनमा भारि गिरावट भए पनि सरकारले कित्ताकाट खुला गरिदिएको छ ।

Prabhu
Crest

बाणिज्य बैंकहरुलाई निक्षेपको व्याजदर एकल विन्दुमा झार्न निर्देशन दिएको छ । बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर ९.९९ प्रतिशतमा झारेका छन् । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरु अवलम्बन गरिरहेको छ । यसको नजिता आउन अझै केहि समय कुर्नु पर्ने देखिन्छ । यस भन्दा अगाडीका सरकारले कतिपय आर्थिक अराजकतालाई नियन्त्रण गर्ने केहि आर्थिक नीतिगत व्यवस्थालाई कसिलो पारिदिएको थियो । तर त्यस्ता व्यवस्थाले बजारलाई असहज बनाउनुका साथै आर्थिक बृद्धिको लक्ष्यलाई समेत प्रभावित पारेको विश्लेषण गरिएको छ ।

अहिलेको आर्थिक संकट देशभित्रको समस्या मात्रै नभएर विश्व स्तरको समस्याको उपज हो । पुर्ण रुपमा आयातमा आधारित नेपालको अर्थतन्त्रलाई आयातित बस्तुमा भएको मूल्य बृद्धिले सर्वाधिक प्रभाव पारेको छ । मूल्य बृद्धि नियन्त्रण भन्दा बाहिर हुँदा सर्वसाधारण मानिसहरु सबैभन्दा धेरै पिडामा छन् ।

यहि कारणले गर्दा शेयर बजारमा कन्फिडेन्स बढ्न सकेको छ । नेप्से सूचक अन्तिम समयमा २.७१ प्रतिशतले बढेर १८८८.३२ अंकमा रोकिएको छ । कारोबार रकम ७५ करोड १३ लाख रुपैयाँमै सिमित भएको छ ।

१२० वटा कम्पनीको शेयर मूल्यमा आशिक सुधार हुँदा ८५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ । बाणिज्य बैंक, होटल, व्यापार र निर्जीवन बीमाको सूचक बाहेक सबै सूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS