IME Life New

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि परम् पूज्य अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी प्रखर जी महाराजको सान्निध्यमा तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ भएको छ ।

फागुन २७ गतेबाट शुरु भएको यस महायज्ञको निरन्तरता स्वरूप परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा आज बैशाख १० गते अक्षय तृतीयाका दिन सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख आतिथ्यतामा तथा माननीय उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको विशिष्ट आतिथ्यता र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ ।

Esewa
Crest

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा भएको समुदघाटन कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्णलाई स्वागत गर्दैै महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरुको सहभागिता रहने, कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दस हजार (१०,०००) श्रीदुर्गासप्तशती पाठ र चालिस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने, १००० श्रीदुर्गासप्तशती पाठ तथा ४००० श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पति गरी एक सय यजमान दम्पतिको सहभागिता रहने र महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताउनु हुँदै परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको उपस्थितिमा मिति २०७९ साल फाल्गुण महिनाको २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रहपूजा, मातृका पूजासहित शुभारम्भ भई फागुन २८ गते पञ्चमी तिथीबाट प्रतिदिन श्री दुर्गासप्तशती, श्री गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य निरन्तर पाठ पारायण भइरहेको जानकारी गराए ।

सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा. वासुदेवकृष्ण शास्त्रीले यज्ञको विशेषता बारे प्रकाश पारेका थिए । नेपाल नेपालीप्रति अगाध माया राख्ने सुशिल कोईराला श्रीप्रखर क्यान्सर अस्पतालका निर्माता परम पूज्य स्वामी श्रीप्रखरजी महाराजले आर्शिवचन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव, विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ र विशेष अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले सम्बोधन गर्दै मारवाडी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजना भएको श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको प्रशंसा गर्दै देशको आर्थिक, व्यवसायिक एवं औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको मारवाडी समाजको संस्थाबाट भएको यस कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञको पूर्ण सफलताको लागि शुभकामना दिए ।

कार्यक्रममा उपस्थित महानुभावहरु एवं यस महायज्ञ आयोजनाको लागि सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवं मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद कुमार अग्रवालले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संचालन गौशाला धर्मशालाका उपाध्यक्ष एवं महायज्ञ आयोजक समितिका सदस्य रमेश तापडियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS