IME Life New

हालसम्म माई खोला हाइड्रोपावरको आइपीओ कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले बैशाख ८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब साढे ७ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ७ लाख ४८ हजार ८१० आवेदनबाट ८४ करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ८४ लाख ९९ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

Esewa
Crest

कम्पनीको जारी पूँजीको ३९ प्रतिशत अर्थात १५ लाख २९ हजार ४११ कित्ता शेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

साथै २ प्रतिशत अर्थात ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७६ हजार ४७१ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयर सर्व साधारणको लागि निष्काशनमा ल्याएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले बैशाख १२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई ईक्राएनपी आईआर डबलबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुनिश्चतता रहको जनाउँदछ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS