Connect IPS
IME Life

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि पैसा जुटाउदा दोस्रो बजारमा पेनिक सेल, १८.८० अंकले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि दोस्रो बजारकै विद्यमान लगानीकर्ताले शेयर बिक्री गर्दा बजारमा थप गिरावट देखिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि समेत ठुला लगानीकर्ताले दोस्रो बजारमा शेयर बिक्री गरिरहेका छन् ।

त्यस्तै हालकै ब्रोकरहरुले तथा ब्रोकर कार्यमा संलग्न लगानीकर्ताहरुले नै नयाँ ब्रोकरका लागि पैसा जुटाउन थालेका छन् । आर्थिक मन्दीको समयमा बैंक वित्तीय संस्थाबाट ऋण झिकेर पैसा जुटाउनु भन्दै दोस्रो बजारबाटै उठाउने उनिहरुको रणनीतिले पनि बजारमा पेकि सेल बढेको हो ।

Prabhu
Crest

अर्को तर्फ सरकारले कित्ताकाट खुला गरे सँगै दोस्रो बजारका लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्दै जग्गामा लगानी गर्न पैसा जुटाउन थालेका छन् । कित्ताकाट खुला भए पछि शेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । तर ठिक विपरित लगानीकर्ताले जग्गा नबढेको र सस्तोमा पाएको मौका छोप्दै पैसा जुटाउन थालेका छन् ।

यसरी नयाँ पैसा बनाउने क्षेत्रको रुपमा दोस्रो बजार बने पछि नेप्से सूचक सिजनमै लगातार घटिरहेको छ । आज नेप्से सूचक १८.८० अंकले घटेको छ । सूचक लगातार घट्ने क्रममा १८८५.६० अंकमा रोकिएको छ । कारोबार रकम ८२ करोड ८५ लाख रुपैयाँमा सिमित भएको छ । आज १८८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २९ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । आज होटल तथा पर्यटनको सूचक बाहेक सबै सूचक तथा उपसूचक ओरालो झरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS