IME Life New

यात्री लगायत नेपालमा उत्पादित सवारी दर्ताका लागि तत्काल कानुनी प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादित सवारी साधन दर्ताका लागि तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन । प्रधानमन्त्रीले आइतवार बिहान नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ताबारे कानुन तयार गर्न निर्देशन दिएका हुन् ।

नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएकोले र नागरिकको गुनासो सम्बोधन हुनेगरि दर्ता एव स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरि छिट्टै कानुन बन्ने प्रधानमन्त्रीले बताएका छन् । नेपालमा उत्पादन भएको यात्रीले कानुनी रुपमा दर्ता हुन नपाउँदा उत्पादक विदेश पलायन भएको भन्ने सञ्चारमाध्यममा आएको हुँदा आफू त्यसप्रति गम्भिर रहेको भन्दै प्रधानमन्त्रीले आवश्यक कार्यविधि चाँडै टुङ्गोमा पुर्याउन निर्देशन दिएका हुन् । मुख्यसचिव बैरागीले प्रधानमन्त्रीको निर्देशन लगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा तयार गरि पेश गर्न निर्देशन दिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS