IME Life New

मन्दीसँगै व्यापारकाे खाेजीमा पाँचतारे हाेटलकाे सेल्स टिम ‘कर्पाेरेट’काे घरदैलाेमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स‌ंघीय राजधानीमा एक सयभन्दा बढी शयन कक्ष भएका ठूला हाेटलहरूकाे संख्या बढेपछि व्यापार चलाउनका लागी हाेटलकाे ‘सेल्स टिम’ पछिल्लाे समयमा सकृयतापूर्वक संभावित व्यवसायीक ग्राहककाे घरदैलाेमा पुग्ने क्रमलाई तीब्रता दिएका छन् ।

विशेषगरी चालू आर्थिक वर्षकाे तेश्राे त्रैमासमा ‍औद्याेगिक र व्यापारिक गतिविधिसँगै अर्थतन्त्रमै मन्दी देखापरेपछि चिन्तित बनेका पाँच तारे स्तरकाे हाेटल व्यवस्थापनले सेल्स टिममाथि दबाब सिर्जना गर्दै कुनै पनि अवसर नछुटाउनका लागी उर्दी जारी गरेका छन् ।

Esewa
Crest

काठमाण्डाै उपत्यकाभित्रकाे पाँचतारे हाेटलहरू द साेल्टी, ह्यात प्यालेस, याक एण्ड यती, हाेटल र्‍याडिशन लगायतकाे सेल्स टिम अहिले सकृय देखिएका छन्। कर्पाेरेट ग्राहकहरूसँग भेटघाट गर्ने, उनीहरूकाे संभावित सभा सम्मेलन तथा आवासीय कार्यक्रमकाे तालिकाबारे जानकारी लिने र आतिथ्यताका लागी अवसर दिन अनुराेध गरिरहेका छन् ।

अहिले यहाँ प्राेपर्टिजसँगै प्रतिस्पर्धा बढेकाे छ,एक पाँच तारे हाेटलकाे बजार प्रबन्धकले भनिन्,आर्थिक गतिविधिहरु सुस्त छन्,यस्ताे अवस्थामा हाम्राे लागी सानाे सानाे इभेन्ट्सकाे रेभेन्युले पनि अर्थ राख्न थालेकाे छ। उनकाे भनाईमा अहिले मन्दीका कारण काठमाण्डाै‌ं उपत्यकाभित्रका ठूला हाेटलहरूले ठूलाे संचालन खर्च धान्नका लागी पनि इभेन्ट्स केन्द्रित व्यापार खाेसाखाेस गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS