Connect IPS
IME Life

हिमालयन रिइन्स्योरेन्स समुहले नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालय रिइन्स्योरेन्स कम्पनी र युनियन लाइफ सहित तीन कम्पनी मर्जर पश्चात बन्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले स्टक एक्सचेन्जका लागि पनि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यस समुहले ‘हिमालयन स्टक एक्सचेन्ज’को नाममा आवेदन दिएको हो ।

नयाँ स्टक एक्सचेन्जमा पनि शंकर समुह र दिप भट्ट समुहको १५/१५ प्रतिशत लगानी रहेको छ । उनिहरु बाहेक हिमालयन रिइन्स्योरेन्सकै लगानीकर्ताहरु नेपाल बाणिज्य महासंघका पुर्व अध्यक्षहरु पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणाहरुको समेत रहेको छ ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जमा संस्थागत लगानीकर्ताको मात्रै लगानी हुनु पर्ने व्यवस्था गरेकाले सबैले आ-आफ्ना कम्पनीहरु मार्फत लगानी गरेका छन् । स्टक एक्सचेन्जको चुक्ता पूँजी ३ अर्ब तोकिएको छ । जसमा ७० प्रतिशत संस्थागत लगानीकर्ता हुनु पर्नेछ भने ३० प्रतिशत सर्वसाधारण समुह अन्तर्गत व्यक्तिगत रुपमा पनि लगानी गर्न पाइनेछ ।

नयाँ स्टक एक्सचेन्जका लागि आगामी आइतबारसम्म आवेदन दिन पाइनेछ । यदि आइतबार इदको उपलक्ष्यमा सार्वजनिक विदा पर्यो भने सोमबारसम्म आवेदन दिन पाइनेछ । धितोपत्र बोर्डले लाइसेन्स आह्वान गरेपछि सर्वोच्चमा रिट परेको थियो । उक्त रिटलाई सर्वोच्चले खारेज गरिदिए पछि बोर्डले १० दिनको म्याद थप गरिदिएको थियो । अझै केहि व्यवसायिक घरानाले लाइसेन्सका लागि आवेदन दिने चर्चा छ ।

हिमालयन रि-इन्स्योरेन्समा ४४ कम्पनी सहित १०७ जनाको लगानी, यि हुन संस्थापक लगानीकर्ता (सूचि सहित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS