Connect IPS
IME Life

दोल्ती पावरको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशनमार्फत विक्री गरेको आइपीओ बैशाख ८ गते आज शुक्रवार बाँडफाँड गर्ने जनाएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली, काठमाडौंमा आईपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म आइपीओ विक्री गरेको थियो ।

Prabhu
Crest

सर्वसाधारणमा विक्री गरिएको १२ लाख ७१ हजार ८६१ कित्ता कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता शेयर खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुनेछ ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर बाँडफाँड भइसकेको छ ।

स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री गरिएको हो । कम्पनीका कर्मचारीका लागि छुट्याइएको शेयरसमेत बाँडफाँड गरिसकेको कम्पनीले सामूहिक लगानी कोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS