काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने प्रति तोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।