IME Life New

आईएमई अटोमोटिभएस्कर्टस्द्वारा महिलालाई निशुल्क हेभीइक्यूपमेन्ट अपरेटर तालिम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई अटोमोटिभएस्कर्टस्ले महिलाहरुलाई निशुल्क हेभीईक्यूपमेन्ट अपरेटर, ब्याक होलोडर, तालिमको आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरेका थिए।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेको पाँच वटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे।

Esewa
Crest

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे । उहाँले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोचमा समेत परिवर्तन आउने बताए।
“हामीले सवारीचालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ। तर समय बदलिएसँगै, हेभीई क्यूपमेन्ट अपरेटरमा समेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपाईहरु पनि त्यो पुरातन सोँच र धारणालाई परिवर्तन गर्दै ब्याक होल्डरको तालिममा सहभागी हुनुभएको छ। तपाईहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नुहोला। यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,” उनले भने।

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारी रुपमा ब्याक होलोडर अपरेश नगर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ। तालिममा १५ जना महिलाहरु सहभागि छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS