Connect IPS
IME Life

१५ दिनभित्र माग पूरा नगरे काठमाडौंको फोहोर फाल्न नदिने भन्दै दुई पालिकाले निकाले संयुक्त विज्ञप्ति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर विसर्जन गर्दै आएको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । दुई पालिकाले ६ बुँदे माग राख्दै १५ दिनभित्र माग पूरा नगरे फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता १५ दिनभित्र कार्यान्वयन गर्न दुई पालिका प्रमुखले विज्ञप्ति सार्वजनिक गरेको हो ।

२०७९ जेठ २३ गते नेपाल सरकार, शहरी विकास मन्ज्ञालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरुबीच विभिन्न विषयमा सम्झौता भएको थियो । जेठ २६ गते भने काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरुबी भएको सम्झौताका अनुरुप बुँदाहरु कार्यान्वयन नभएको हुँदा ती बुँदाहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउन पर्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest

फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरि न्युन प्रभाव पर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने र वञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने माग रहेको छ ।
ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका अति प्रभावित, प्रभावित र वेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रकृया तुरुन्त अगाडी बढाउन माग गरेको छ ।

उक्त मागहरु पूरा नगरेको खण्डमा दुई पालिको निर्णय अनुसार फोहोर ढुवानी बन्द गर्ने पालिका प्रतिनिधिहरुको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS