Connect IPS
IME Life

घरजग्गाको कित्ताकाट खुला गर्ने निर्णयले शेयर बजारका लगानीकर्ता उत्साहित, १५ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले घरजग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरे सँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । घरजग्गाको कित्ताकाट बन्द हुँदा ठुला लगानीकर्ता समस्यामा थिए । बैंक वित्तीय संस्थादेखि लिएर सहकारीका सञ्चालकहरुले समेत ठुलो रकम घरजग्गामा लगानी गरेर बसेका थिए । तर सरकारले कित्ताकाट बन्द गरिदिदा उनिहरुको जग्गा बिक्री हुन सकेन । यसले गर्दा कतिपय सहकारी संस्थाले बचत फिर्ता गर्न नसकेर बन्द गर्नु पर्ने अवस्था आयो ।

घरजग्गाको कारणले समग्र अर्थतन्त्रमै समस्या देखिए पछि सरकारले कित्ताकाट नै फुकुवा गरिदिएको छ । कित्ता काट खुला हुने वित्तीकै ठुला लगानीकर्ताले जग्गा सजिलै बिक्री गर्न सक्ने छन् । जग्गा बिक्री हुँदा उनिहरुको पैसा बाहिर आउने छ । जसले बैंकिङ प्रणालीमा पनि केहि सहजता आउनुका साथै तरलता पनि बढ्ने जाने विश्लेषण गरिएको छ ।

Prabhu
Crest

हिजोसम्म तल्लो विन्दुमा रहेको शेयर बजारमा आजभने रौनक देखियो । बजार सुधारका लागि सरकारले गरेका कयौ कदमहरुले काम गरिरहेको छैन । बैंक व्याजदर घटाउने सरकारको पहलले पनि बजारमा खासै ठुलो प्रभाव पार्न सकेन । निक्षेपको व्याजदर तत्कालका लागि घटे पनि कर्जाको व्याज नघट्ने भन्दै लगानीकर्ता उत्साहित नभएका हुन् ।

यहि कारणले बुधबार बजार खुल्ने वित्तीकै सुधार हुन थालेको थियो । खुल्ने वित्तीकै सुधार देखिए पनि यो अवस्था धेरै समय टिक्न सकेन ।  तर कारोबारको अन्तिम ३० मिनेटमा भने बजारमा सुधार देखियो । आज नेप्से सूचक १५.१३ अंकले सुधार भएर १९२०.१२ अंकमा रोकिएको छ । १६६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ४२ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । आज म्युअल फण्ड बाहेक सबै सूचकमा सुधार देखिएको छ । ८७ करोड २१ लाखको कारोबार हुँदा नविल, शिवम, एनआइसी हाबी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दु :खी

0%

अचम्मित

60%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS