IME Life New

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा १७ दशमलव १२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ दशमलव ४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७ दशमलव ७५ प्रतिशत घटेको छ। त्यसैगरी, यस अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँमा सिमित भएको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको जगेडा कोषमा रकम ० दशमलव २८ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा लघुवित्तको सापटी १७ दशमलव ६४ प्रतिशतले घटेको छ भने कर्जा लगानी १४ दशलमव १४ प्रतिशतले घटेको छ।

यस अवधिमा लघुवित्तको प्रति शेयरआम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सिमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS