IME Life New

छ्याङ्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद निष्काशन सहित यस्ता छन् ५ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले बैशाख २८ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कमलपोखरी स्थित अग्रवाल भवनमा विहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले संचालक समितिको तर्फवाट अध्ययक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण प्रतिवेदनका सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐनको दफा १११ वमोजिम आर्थिक वर्ष २०७९/८० को लागी लेखापरिक्षण गर्नका लागी लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संचालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यस्तै, सभाले आठौं वार्षिक साधारण सभाबाट निर्णय भए वमोजिमको ४० प्रतिशत हकप्रद शेयर सम्वन्धी निर्णय रद्द गरी कम्पनीको चुक्ता पूँजी ३८,६९,७७,५०० को १०० प्रतिशत (अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको पूँजी बृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताब पारित गर्ने र सो सम्वन्धमा नियमनकारी निकायहरुबाट कुनै परिमार्जन गर्न निर्देशन भएमा सो वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन सक्ने छन् ।

1681822158492

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS