Connect IPS
IME Life

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ८६ करोडमै सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । नेप्से सूचक ३.०७ अंकले घटेर १९०४.३८ अंकमा बन्द भएको हो । आज होटल, म्युचुअल फण्ड र निर्जीवन बीमाको सूचकमा सामान्य सुधार देखिएको छ भने बाँकी सूचक तथा उपसूचक तल झरेका छन् ।

१३८ वटा कम्पनीको शेयर मूल्य घट्दा ६२ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । कालिञ्चोक दर्शन मैलुङ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । बैंकिङ सूचकमा खासै उतारचढाव देखिदैन ।

Prabhu
Crest

लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा छन् । बजार बढिहाल्छ भनेर गएको साता शेयर खरिद गर्नेहरु फसेका छन् । अहिले ठुलो लगानीकर्ताहरु खासै सक्रिय छैनन् । अल्पकालिन लगानीकर्ता मात्रै सक्रिय रहेकाले बजारमा उत्साह छैन ।

आर्थिक अवस्था अझै के हुन्छ भन्ने टुङ्गो लाग्न सकेको छैन । सूचीकृत कम्पनीहरुले अव तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्न थाल्ने छन् । अहिलेको आर्थिक अवस्था हेर्दा कसैको पनि मुनाफामा उल्लेख्य सुधार हुने देखिदैन । यसले गर्दा पनि बजारमा लगानीकर्ताको लगानी बढाउन चाहिरहेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS