IME Life New

लिवर्टी इनर्जीले डाक्यो तीन आर्थिक वर्षको साधारण सभा, हकप्रद निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ११औं,१२औं र १३औं वार्षिक साधारण सभा बैशाख २५ गते आयोजना गर्ने भएको छ । कम्पनीको बैशाख ३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सभा सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले संचालक समितिले प्रस्तुत गर्ने विभिन्न तीन वर्षको वित्तीय विवरणमाथि छलफल गर्ने, लेखापरिक्षकले पेश गर्ने वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, हिसाब नाफा नोक्सान, लगायतका वित्तीय विवरणको अनुमोदन गर्नेछ ।

Esewa
Crest

हकप्रद निष्काशन प्रस्तावसँगै चुक्ता पूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागि स्वीकृती दिने, जलविद्युत कम्पनीहरु मर्ज अथवा एक्वायर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको स्वामित्वमा रहेको निर्माण प्रक्रियामा जन बाँकी आयोजनाहरुको निर्माणका लागि आवश्यक पूँजी व्यवस्थापन गर्न तथा क हस्तान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहबाट १ जनागरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख ११ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS