IME Life New

बीमकका शाखा कार्यालयहरुको स्थलगत अनुगमन, एक जनाबाटै कार्यालय सञ्चालन !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरमा रहेका बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको आज स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर रहेको, कतिपय कार्यालयमा एक दुईजना मात्र कर्मचारीहरु रहेको, बीमितले प्रतीक्षा गर्ने ठाउँको व्यवस्था नगरिएको, कार्यालयहरुलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नभएको लगायतका समस्याहरु देखिएको निर्देशक लालले जानकारी दिए ।

आज प्राधिकरणले ९/१० वटा शाखा कार्यालयमा प्रत्यक्ष अवलोकन तथा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सरकारी स्वामित्वका दुबै बीमा कम्पनीहरुले एउटा कार्यालयमा एक जना मात्रै कर्मचारी नियुक्त गरेको पाइएको छ ।

Esewa
Crest

कार्यालयमा प्लाष्टिकको कुर्सि राखिएको, धुलो उड्ने  स्थानमा नाममा मात्राका शाखा कार्यालय रहेको पाइएको छ । प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी मार्गदर्शन अनुसार कुनै पनि कम्पनीले सञ्चालन गर्न नसकेको पाइएको छ । यहि हिसावले शाखा कार्यालय सम्बन्धी मार्गदर्शन कार्यान्वयन गर्न धेरै गाह्रो पर्ने देखिएको कर्णले जानकारी दिए ।

आजको स्थालगत अनुगमनको प्रतिवेदन तयार पारेर कर्णले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई बुझाउने उनको तयारी रहेको छ । कर्णले अनुगमनका साथै उनिहरुसँग अन्तर्क्रिया पनि गरेका छन् । अन्तर्क्रियाका क्रममा उनले शाखा कार्यालयको स्तरोन्नी गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS