IME Life New

फुकुयामा नेपाली समाजद्वारा जापानको हिरोशिमास्थित नयाँ वर्ष २०८० को अवसरमा साङ्गितिक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको हिरोशिमा , फुकुयामा शहरमा नयाँ वर्ष २०८० को सन्दर्भ पारेर फुकुयामा नेपाली समाजद्वारा चैत ३० गते (अप्रील १३) फुकुयामा नेपाली साङ्गितिक साझ २०८० कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फुकुयामा र आसपास रहेका नेपाली नागरिक र जापानी नागरिक समेतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवसिय नेपाली संघ जापानको उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र नेपाली जनप्रगतिशिल मञ्च जापानको पुर्व अध्यक्ष हवलचन्द्र लामा विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमको संचालन भने फुकुयामा नेपाली समाजका संस्थापक एवम प्रमुख सल्लाहकार डिबि मोक्तानले गरेका थिए भने भिम गोले तामाङको अध्यक्षतामा उक्त कार्यक्रममा सम्पन्न भएको थियो । चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कंडेल , नेपाल आइडल सिजन २ का विजेता रबि ओड, हास्य कलाकार इन्द्र दोङ (खम्बे), सङ्गितकार एवम गायिका रेखा पौडेल , इन्द्रेणी दोहोरि गायक कृष्णा बजगाँई लगायतले कार्यक्रममा उपस्थित फुकुयामाबासी नेपालीलाई साङ्गितिक मनोरञ्जन प्रदान गरेका थिए ।

Esewa
Crest

‘हाम्रो संस्कृति हाम्रो पहिचान , प्रवास मा नेपालि एकता हाम्रो अभियान’ भन्ने नारा तय गरेको समाजले बिश्वभर छरिएर रहेका नेपालीहरुले आफ्नो देश , भेषभुषा, भाषा, धर्म, संस्कृतिको प्रवास समेत प्रबर्द्दन गरि संरक्षण एबम बिकास गर्ने आम युवाको जिम्मेवारि रहेकोले आफुहरुले त्यस अभियानलाई अगाडि बढाएको समाजका संस्थापक डिबि मोक्तानले बताए। हाल फुकुयामा शहरमा करिब पन्ध्र सयको हाराहारीमा नेपाली विद्यार्थी, कर्मचारी , एवम व्यवसायीहरुको बसोबास रहेको छ । आम नेपालीहरुबिच सौहार्दपुर्ण सांस्कृतिक एकता कायम राख्न आफुहरुले अगुवाइ गरिरहेको कार्यक्रमका अध्यक्ष भिम गोलेको भनाई छ। कार्यक्रम आयोजनार्थ हेराल्ड मेडियाका अध्यक्ष एवम क्यारिकेचर कलाकार समिर लामाद्वारा जापान-नेपाल समन्वयात्मक भुमिका निर्वाह गर्दै कार्यक्रममा सहभागी भएका थिए। समाजले आयोजना गरिएको उक्त कार्यक्रमलाई स्थानिय नेपाली व्यवसायीहरुको आर्थिक सहयोग रहेको थियो । जसकारण, उपस्थित दर्शकलाई निशुल्क रुपमा कार्यक्रममा सहभागी गराउन सम्भव भएको आयोजकको भनाई छ ।

आयोजकका अनुसार, पाँच वटा केन (जिल्ला) समेत रहेको च्युउगोकु चिहोउ भित्र पहिलो पटक यस्ता खालको बृहत कार्यक्रम आयोजना गरिएको हो । समाजले यस अघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS