Connect IPS
IME Life

काठमाडौं ह्यान्डिक्राफ्टले ल्यायो २० प्रतिशत छुट योजना

SPIL
NIC ASIA new
Sanima Reliance

भक्तपुर । भक्तपुरको लोकन्थलीमा रहेको ‘काठमाडौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लिद्धारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ बर्ष बिं.सं २०८० सालको अवसरमा ग्राहकसमक्ष छुट अफर ल्याएको छ । सुपरमार्केटलले हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । यस योजना ०८० साल बैशाख १५ गतेसम्मका लागि सार्वजनिक गरिएको सुपरमार्केटका सञ्चालक कुमार उप्रेतिले बताए ।

हालसालै संञ्चालनमा आएको सो सुपरमार्केटमा एउटा मान्छेलाई जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पर्ने सबै सामानहरु उपलब्ध रहेको सञ्चालक उप्रेतिले बताए । नेपालमा तमाम चिजहरु एकै ठाउँमा पाइने सुविधा भएको सुर्परमार्केट यो नै पहिलो भएको उनको दाबी छ ।

Prabhu
Crest

खासगरी विवाह, बर्तमन, पुजाआज, विभिन्न इभेन्टहरुमा चाहिने सामान देखि ए टु जेट सामानहरु, रेडिमेट फेन्सी सामान, सास्कृति झल्काउने सामानहरु, हेन्डीक्राफ्ट सामानहरु, बुटिक सामानहरु, ग्यारेन्टेट गरगहना, नेपाली मौलिक उत्पादनहरु अझै बढी प्राथमिकता दिएर राखिएको उनले बताए ।

राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत “हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर करिब ५ करोडको लगानीमा सो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले बताए । अत्यन्तै कल्चर हिसावको सुर्परमार्केट भएकाले हिजोआज आफनो मार्केटमा टिकटक बनाउनेहरुको भिड लाग्न थालेको उनले बताए ।

विगत डेढ दशकदेखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले सो व्यवसाय सञ्चालन गर्नु परेको वताए ।

सो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले गएको महिना उद्घाटन गरेका हुन् । हामीले नेपालको जातजाती, भाषा–भाषी, रहन सहन, संस्कृति, परम्पराको बस्तुहरु विक्री गरी बढ्दो व्यापार घाटालाई कम गर्न सक्छौं । निर्यात नै देशको अर्थतन्त्रको मेरुदण्ड हो उनले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS